लुम्बिनीको विकासमा सरकारले चासो देखाउनुपर्ने कर्णाली प्रदेश प्रमुख परियारको भनाई

लुम्बिनी, २४ फाल्गुन । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले लुम्बिनीको विकास र प्रवर्दनमा सरकारले चासो देखाउनुपर्ने बताउनुभएको छ ।

सोमबार लुम्बिनीको मायादेवि मन्दिरको अवलोकन गर्दै उहाँले बुद्ध र उहाँको जन्मस्थलबारे विश्वमा भ्रम फैल्याउने काम भैरहेको भन्दै सरकारी तवरबाट भ्रमको निवारण गर्नुपर्ने बताउनुभयो । साथै बुद्धको जन्मस्थलको विकासमा सरकारले चासो देखाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

सो अवसरमा लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले प्रदेश प्रमुख परियारलाई मन्दिर परिसरमा स्वागत गर्नुभएको थियो । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसँग भेटवार्ताको लागि बुटबल आउनुभएका परियारले सो क्रममा मायादेवि मन्दिरसँग लुम्बिनीमा रहेका विभिन्न विहार तथा गुम्बाहरुको अवलोकन गर्नुभएको थियो ।

प्रतिक्रिया
संबन्धित समाचार