कपिलवस्तु चैत १६
नगरपालिका कै गौरवाको आयोजना अन्र्गत बुद्धभुमी नगरपालिकामा १९ करोड बढी ल ागतको १५ बेडको सुबिधा संपन्न अस्पताल भवनको शिलान्यास गरिएको छ । नगरपालिका – २ बडहरामा आधारभुत तहको अस्पतालको मेयर केशव कुमार श्रेष्ठले पुजापठा गरी फाउन्डेशमा ५ वटा ढुंगा राखेर अस्पतालको शिलान्यास गरेका हुन ।
बुद्धभुमी नगरपालिकामा १९ करोड १० लाख लागयतको अस्पताल निर्माण सुरु गरिएको हो । मेर श्रैष्ठले नगर कै गौरवका आयोजना अन्र्गत अस्पातलको निर्माण कार्य अघि बढेको बताए । उनले आफनो कार्यकालमा नगरपालिकाले भौतिक, शिक्षा, सामाजिक क्षेत्रमा नगरपालिकाले धेरै विकास गरेको दाबी गरे । अस्पताल निर्माण भए पछि नगरपालिकाले स्वास्थ्य सेवामा फडको मार्ने उनले बताए ।
सामान्य उपचारकालागि समेत जिल्लाको कपिलवस्तु नगरपालिका र छिमेकी जिल्ला रुपन्देही र भारत जानु पर्ने बाध्यता अस्पताल निर्माण भए पछि हटने मेयर श्रेष्ठले बताए । उनले नगरबासीको स्वास्थ्य सेवा आफनो पालिकाको पहिलो प्राथमिकता रहेको बताए । दुई तले लिफट प्रणालीको भवनमा जनरल फिजिसियन, डेन्टल, नेत्र रोग, प्याथोलोजी, ल्याब, प्रसुति, फार्मेसी लागतयका सेवा हुने नगरपालिकाका ईन्जीनीयर कुशल घिमिरेले बताए ।
यस्तै अप्रेशन थिएटर, एक्सरे, पुरुष र महिलाको छुट्टा छुट्टै वार्ड समेत रहनेछ । अस्पतालको निर्माण कार्य २ बर्ष भित्र पुरा हुनेछ । शिलान्यासका कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशवराज सुबुदीले नगरबासीको बर्षोको प्रतिक्षा अब भने पुरा हुने बताए । उनले नगर क्षेत्र भित्र निर्माण्चा हुने अस्पतालले नगरबासीहरु लाभांबित हुने बताए ।
नगर प्रमुख श्रेष्ठको अध्यक्षता राजन पोख्रेलको संचालनमा भएको कार्यक्रमा वडा नम्बर १ का अध्यक्ष तिलक बहादुर बस्नेत, ४ का अध्यक्ष पवन कुमार चौधरी, ८ का अध्यक्ष कपिलदेब तिवारी, स्वास्थ्य शाखा प्रमुख खुबीराम खनाल लगायतको सहभागीता थियो ।
तपाईको प्रतिक्रिया !