कांग्रेस कपिलवस्तु नगर समितिद्धारा गठबन्धन गर्न नहुने सुझाव

कपिलवस्तु २१ चैत
कांग्रेस कपिलवस्तु नगरपालिका नगर कार्य समितिले आउने बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुनै दलसंग गठबन्धन नगरी एक्लै चुनाव लडनु पर्ने निर्णय गरेका छन । अन्य दलसंग गठबन्धन र तालमेलका बिषयमा कांग्रेस कपिलवस्तको तौलिहवा स्थित पार्टी कार्यालयमा संपन्न बैठकमा नगर कार्य समिति र १२ वटै वडामा वडा समिति अध्यक्षले गठबन्धन गर्न नहुने बताएका हुन ।
नगर कार्य समिति, र वडा समितका अध्यक्ष सहीतको बैठकले अन्य दलहरुसंग गठबन्धन नगरी कांग्रेस एक्लै चुनावमा जानु पनेै राय आएको नगर अध्यक्ष खुर्सेद अहमद खाँले बताए । मेयर, उप मेयर, वडाध्यक्ष र वडा सदस्य सहीत कुनै पनि पदमा अन्य दलसंग गठबन्धन नगरी एक्लै चुनाव लडने र आफनो आधिकारीक उम्मेदवारलाई जिताउने निर्णय भएको उनले बताए । उनले ईमान्दारीसंग एकबद्ध भई कांग्रेस लागेमा यस पाली पनि कांग्रेस बिजयी हुने उनले बताए ।
सो अवसमरमा महाधिबेशन प्रतिनिधि तथा पार्टीको प्रदेश सदस्य रबि ठाकुरले अझै गहिरो बिश्लेषण र अध्ययन गरी मात्र गठबन्धन गर्न हुने वा नहुने निाणर््य लिनु पर्ने बताए । उनले अहिले अवस्था र परिस्थितिको अध्ययन गरिनु पर्ने बताए । उनले आफना पार्टीकमा नेता र उम्मेदवारहरुको कांगैस नेताहरुले नै चोक चौराहामा टीका टिप्पणी गर्ने गरिएकाले यस्ता कार्य तुरुन्त बन्न्द गर्नु पर्ने बताए ।
सो अवसरमा नेता रामआषिष पाण्डेयले कांग्रेस एकबद्ध भई आफनो आधिकारिक उम्मेदवारलाई जिताउनु पर्ने बताए । नगर अध्यक्ष खुर्सेद अकमद खाको अध्यक्षता र सचिव नगेन्द्र यादवको संचालनमा भएको कार्यक्रममा नेता मोहन दाहाल लागतयकाले मन्तब्य दिएका थिए ।

प्रतिक्रिया
संबन्धित समाचार