स्थानीय तह निर्वाचनको माहोल तातिँदै गइरहेको छ । पाँच वर्ष कार्यकाल पुरा गरेका जनप्रतिनिधिहरु बाहिरिने र अर्को जनमत लिएर नयाँ जनप्रतिनिधिहरु पालिका प्रमुखहरु आउने तयारीमा छन् । चुनावी माहोल नजिकिदै कपिलवस्तुको कृष्ण नगरको राजनितिमा चुनावी सरगर्मी बढेको छ ।
५ वर्षे कार्याकालमा नगरभित्र शिक्षा, स्वास्थ्य, खानेपानी र कृषि क्षेत्रलाइ यातायता, भौतिक सेवा सुविधा लगायतमा परिवर्तनको फड्को मारेको छ । नगर परिर्वतनको सन्तुष्टिले रजत प्रताप शाहलाई एक कार्याकाल दोहोराउने पक्षमा कृष्णनगर वासी लागेका छन ।
उम्मेदवारका आकांक्षीहरु सलवलाउन थालेका छन् । कृष्णनगरमा दर्जनौं नेताहरु नेतृत्वको होडमा छन् । केही पार्टीभित्र आन्तरिक लविङमा छन । गत स्थानिय तहको निर्वाचनमा स्वतन्त्र पदबाट उम्मेद्वार वनेर निर्वाचन जितेका रजत प्रताप शाह अहिले नेपाली कांग्रेशको मुलधार राजनितिमा छन । कांग्रेश कृष्णनगरले उनको नाम मेयर पदको लागि जिल्लामा सिफाीस गरेको छ ।
पाँच वर्ष पालिकाका हाकेका शाहलाई नगरवासिले फेरी दोहोराउने चाहनामा छन । पाँच वर्षको कार्याकालमा जनताले विश्वास जितेका शाहलाई अझै एकपटक नगर प्रमुखको अवसर दिनु पर्ने कृष्षनगर नगरपालिका वडा न ४ का कृष्ण यादवले बताए ।
विकाश र परिर्वनले पछि परेको कृष्णनगरमा शाहले धेरै परिवर्तन गरे केहि अधुरा र अपुरा कार्य छन तिनै कार्य पुरा थर्न भए पनि एक पटक रजत प्रताप नगर प्रमुखमा दोहोरीनु पर्ने कृष्ण्नगर ७ का करिम खानले बताए ।
त्यस्तै कृष्णनगर नगरपालिका वडा न २ का राधेश्यम रैदासले शाह नगर प्रमुखमा पुन दोहोरिन् पर्ने मुख्य कारण बाँकी रहेका काम पुरा गर्न हो त्यो अवसरले नगरको मुहार फेरिन्छ रैदासले भने ।
नेपाली कांग्रेसमा प्रवेश गरेका शाह अहिले मेयरका लागि प्रमुख दाबेदार हुन ्। ५ वर्षे अनुभव र टोलटोलमा पुगेर राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय बनाएका शाह कांग्रेसभित्र मेयरको बलियो दाबेदारको रूपमा लिइएको छ।
त्यस्तै नगर प्रमुख शाहले भने , ‘धेरै काम त भएका छन् तर केही कामहरु समस्याका समाधान गर्न बांकि छन ती कामहरु पुरा गर्नका लागि आफुले एक कार्याकालको चाहना राखेको बताए ।
पहिलो अनुभवमै नगर विकासमा एतिहासिक काम भए, अर्को कार्याकाल पाए कृष्णनगरलार्ई देशकै उत्कउष्ट पालिका बनाउने योजनासहित लाग्ने बताए ।
तपाईको प्रतिक्रिया !