आउँदो बैशाख ३०गतेको स्थानीय चुनावका लागि सबै राजनीतिक दल र केही स्वतन्त्र तर्फ बाट मनोनयन दर्ता गराएका छन्। विजयनगरमा वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका मध्ये सवै भन्दा कान्छो उम्मेदवारको रुपमा जनमत पार्टीको वडाध्यक्ष पदका प्रत्यासी देवेन्द्र मणि त्रिपाठी “डि एम” चर्चामा रहेका छन्।
त्रिपाठी अहिलेको स्थानीय निकायको निर्वाचनमा वडा नम्बर ३ बाट चुनाव लड्दै छन्। उमेरले सानो भए पनि विगत कैयौँ बर्ष देखि राष्ट्र, समाज सेवामा अहोरात्र खटेर जनसेवा दिँदै आएका छन्। युवा क्लबको माध्यमबाट पालिका स्तरमै राम्रो पहिचान बनाउन सफल भएका एक युवा समाजसेवीका उदाहरणमा देवेन्द्र मणि त्रिपाठी “डि एम” अग्र पङ्तीमा आउछन्।
वडाध्यक्ष प्रत्यासी त्रिपाठी भन्छन,“म पहिला शिक्षा, स्वास्थ्य , यातायात सम्बन्धी विकास कार्य अगाडि सर्दछु । निर्वाचन जितेर आएमा भष्ट्रचारविरुद्घ सशक्त भएर लाग्ने छु भनि प्रतिबद्धता जाहिर गरेका छन् ।” उनले भने आफू वडा अध्यक्ष नहुँदा विगतमा समाजसेवाका काम गर्दै आएको छु। एकपटक वडाध्यक्ष पदमा आफूलाई लाउडस्पीकर छापमा भोट दिई अत्यधिक मतले विजय गराउन आग्रह गर्दै जित सुनिश्चित हुने समेत उनले दावी गरे । उनले आफूले बाेलेका कुरालाई व्यवहारमा उतार्ने प्रतिबद्धता सहित र घाेषणपत्रमा समेत समावेश गरेकाे बताए ।
तपाईको प्रतिक्रिया !