कपिलवस्तु ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विजयनगर गाउँपालिका अध्यक्ष पदका उम्मेदवार गोपाल बहादुर थापाले नेकपा एमालेका सबै उम्मेदवारको जीत सुनिश्चित भएको दाबी गर्नुभएको छ । निवर्तमान अध्यक्षसमेत रहेको थापाले मतदातालाई सुर्य चिन्हमा मतदान गर्न अपिल गर्दै एमाले नेतृत्वको स्थानीय सरकारले छोटो समयमा चौतर्फी रुपमा स्वास्थ्य, शिक्षा, यातायात, कृषि लगायतको पुर्वाधारको विकासमा अतुलनीय विकास गरेको बताउनुभयो ।
विजयनगरको विकासले जनताहरुले परिवर्तन महसुस गरेकोले एमालेप्रति विजयनगरबासीको आकर्षणले एमालेमय बनेको थापाले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो; “विजयनगरमा एमालको प्यानलै जित्छ, जनताले एमालेलाई जिताउँछन् जितेर जनताको सेवा गर्दै विजयनगरलाई समृद्ध गाउँपालिका बनाउँछौँ” । शुन्यदेखि विजयनगरमा भएको विकासले अहिले जनतालाई एमालले सुगमता महसुस गराएकोले जनतालाई एमाले नेतृत्वको स्थानीय सरकार चाहिएको बताउनुभयो ।
उहाँले नेकपा एमालेको योजना र भिजन अन्य राजनैतिक दलभन्दा फरक भएको बताउँदै गएको स्थानीय चुनावमा जनतासँग गरेको हरेक प्रतिबद्धता पुरा गर्ने प्रयास गरेको बताउनुभयो । उहाँले बाँकी अधुरा कामसहित नयाँ योजनाका साथ फेरि पनि एमालले जीते विजयनगर प्रदेशकै नमुना गाउँपालिका बनाउनुभयो । नेकपा एमाले गरिब, विपन्न र सर्वहारा वर्गको पार्टी भएकोले जनताका हकअधिकारलाई सुनिश्चित गराउन सक्ने एमालले पार्टी मात्र भएको बताउनुभयो ।
यस्तै उपाध्यक्ष पदका उम्मेदवार लक्ष्मी कुमारी चौधरीले गाउँपालिकामा थप एम्बुलेन्सको व्यवस्था गर्ने बताउनुभयो । उहाँले पालिकाभित्र रहेका सबै स्वास्थ्य केन्द्रहरुमा प्रसुती सेवा विस्तार गर्दै लैजाने जिकिर गर्नुभयो । उहाँले सुरक्षित मातृत्व सेवालाई निरञ्तरता दिँदै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै वडा अध्यक्ष पदका उम्मेदवार तथा निवर्तमान अध्यक्ष दिनेश कुमार चौधरीले मतदातासँग सुर्य चिन्हमा मतदान गर्न अनुरोध गर्दै वडामा हरेक विकासको काम नमुना गरेको र यस्तै अब्बल काम गर्दै जनताको सेवामा सधैँ समर्पित रहने वाचासमेत गर्नुभयो । जनताको आशा र भरोसा एमाले पार्टी मात्र भएको बताउँदै जनतालार ई एमालेको सुर्य चिन्हमा भोट हाल्नु आवश्यक रहेको बताउनुभयो । चौधरीले विकास र समृद्धिका लागि एमाले मात्र सक्षम विकासमा फरक भिजन राख्ने पार्टी भएको बताउनुभयो ।
नेकपा एमालेले विजयनगर गाउँ कमिटीले बिहिबार वडा नम्बर ७ मा घरदैलो अभियान कार्यक्रम सम्पन्न गरेको छ । सयौँ समर्थक र जनताको सहभागीतामा भव्य रुपमा घरदैलो कार्यक्रम गरिएको वडा कमिटीले जनाएको छ । विजयनगरमा नेकपा एमालले जित्ने निश्चितसमेत भएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया !