कृष्णनगरमा रजत शाहको मेयर पदमा दोस्रो पटक पनि ऐतिहासिक जीत

 

अजय मिश्र, कृष्णनगर, जेष्ठ ६

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका दोस्रो पटक नगर प्रमुखमा रजत प्रताप शाह विजयी भएका छन् l

पहिलो स्थानीय चुनावमा स्वतंत्र उमेदवार भै विजयी भएका रजत प्रताप शाह अहिलेको स्थानीय चुनावमा राप्रपाका उमेदवार दिपक रजौरीया लाई १४९६ मतान्तरले पछि पार्दै नगर प्रमुखमा पुन विजयी भएका छन् l

अहिलेको स्थानीय चुनावमा हजार भन्दा बढी मतले विजयी भएका शाह जनता माझ लोकप्रिय नेता का रूपमा परिचित छन् l उनी सरल स्वभाव तथा सबैको सुख दुःख मा सहभागी हुदै नगर लाई विकासको बाटोमा अग्रसर गराउदै आएका छन् l

त्यस्तै नगर उप प्रमुखमा नेपाली कांग्रेस की उप प्रमुख उमेदवार आरती चौधरी समेत विजयी भएकी छन् l नगर प्रमुख तथा उप प्रमुख पदमा विजयी भएका लाई सुभ चिंतक हरूले बधाई दिनेको ओइरो लागेको साथै विजय जुलुस सहित नगर परिक्रमा गरेका छन् l

प्रतिक्रिया
संबन्धित समाचार