विजयनगरका नव निर्वाचित पालिका अध्यक्ष थापाको नेतृत्वमा नेकपा एमालेको विजय र्याली
कपिलवस्तु।
कपिलवस्तु जिल्लाको विजयनगर गाउँ पालिकाको नव निर्वाचित पालिका प्रमुख गोपाल बहादुर थापा, उप- प्रमुख लक्ष्मी कुमारी चौधरी लगायत नेकपा एमाले बाट निर्वाचित सम्पुर्ण वडाका वडाध्यक्ष सहित प्यानलको साथ पालिकामा आज विजय र्याली गरेका छन् l
विजयनगर गाउँ पालिकाको प्रत्येक वडामा पुग्ने गरि विजय र्याली गरिएको छ l नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य बलराम अधिकारी, राष्ट्रिय सभा सदस्य विमला घिमिरे, मुस्लिम आयोग अध्यक्ष सिराज फारुकी पार्टीको समर्थक तथा सुभचिन्तक र स्थानीयहरूको साथ विजय रैली निकालिएको हो l विजय र्याली विजयनगरको प्रेमनगर, जर्लैहिया, गहिरा,लोहरौला, मधुनगर हुदै पालिकाको धेरै जसो गाउँहरू भई विजय रैली प्रेमनगरमा आएर सभामा परिणत भई यो जीत पालिका बासीका जनताको भएको, विजयनगरलाई अझै विकसित बनाउनुका साथै स्वास्थ्य, शिक्षा, खानेपानी लगायत अन्य क्षेत्रमा अझै विकास हुने पालिका प्रमुख गोपाल बहादुर थापाले जोड दिनुभएको छl





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













