गणतन्त्र दिवसमा कारागारका १७ कैदी रिहा
गणतन्त्र दिवसमा आइतबार कपिलवस्तु कारागारका १७ कैदीहरुलाई रिहा गरिएको छ। राम्रो चालचलन भएका कैदीहरुलाई रिहा गरिएको हो।
विभिन्न मुद्दामा अदालतद्वारा तोकिएको ४० देखि ५० प्रतिशत सजाय भुक्तान गरेका कैदीहरुलाई कारागार व्यवस्थापन विभागको आदेशमा उनीहरुलाई छाडिएको कारागारका जेलर मनोज सैनीले बताए।
कारागारले ५० प्रतिशत सजाय भुक्तान गरेका १३ जना र ४० प्रतिशत सजाय भुक्तान गरेका ११ जना सिफारिस गरेर पठाइएकोमा १७ जना रिहा भएको जेल सैनीले बताए। रिहाइका लागि कैदीको चालचलन, कैद भुक्तान अवधिलाई आधार बनाइएको थियो।
रिहाइ हुने कैदीहरुलाई स्वागत गरी घरमा लैजान कारागार परिसरमा आफन्तहरुको भीड लागेको थियो। कैदीको अवधि बाँकी छँदै रिहा भएका कैदीहरु निकै खुशी देखिन्थे। पुराना तीता अनुभवहरु सबै बिर्सेर नया जीवन बिताउने योजनामा रहेको रिहा भएकाहरुले उनीहरुले बताए।
‘रिहा हुने हामी सबैले पुराना कुराहरुलाई बिर्सेर नयाँ सुरुवात गर्नु पर्छ’ उनीहरुले भने। आफूहरुले देश, समाज र परिवारकालागि सहीढंगले काम गर्नु पर्ने उनीहरको भनाइ थियो। अनुशासित कैदी रिहा भएकोमा आफूलाई पनिसंतुष्टी मिलेको जेलर सैनीले बताए। कारागारमा अहिले ४ सय २८ जना कैदी बन्दी छन्।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













