एन प्याबसन कपिलवस्तु द्वारा माधुरी तेलीलाई आर्थिक सहयोग
कपिलवस्तु, असार ६ गते।
कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. ६ भिल्मी बस्ने राजेन्द्र तेलीको ७ बर्षीय छोरी माधुरी तेली लाई सानै उमेरमा Aplastic Anemia भएको कारणले गर्दा Bone marrow transplant गर्नु पर्ने भएको छ तर यी नानी एउटा गरिब तथा बिपन्न परिवार कि छोरी भएको तथा आर्थिक स्थिति झनै कमजोर भएकोले उपचार गराउन उनका बुबा आमा जति प्रयास गरे पनि असमर्थ रहेका छन। उपचारको लागि स्थानीय देखि विभिन्न निकायले सहयोग गरिरहेका छन्। सहयोगको क्रममा एन प्याबसन बाट अध्यक्ष युवराज घिमिरे तथा कोषाध्यक्ष परमात्मा प्रसाद चौधरीले माधुरी तेलिको बुवालाई को उपचारको लागि रू. १११००/- सहयोगार्थ प्रदान गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

















