कपिलवस्तु, असार १९ गते । कपिलवस्तुका बिपन्न २ हजार २८२ परिवारलाई पोषणयुक्त खाद्य पदार्थ उपलब्ध गराइएको छ । ईस्लामि रिलिफ बल्डबाईडको सहयोगमा लिडो नेपालले कपिलवस्तुका ४ पालिकाका १२ वडाका सो बिपन्न परिवारलाई पोषणयुक्त खाद्य सामाग्री रहेको झोला बितरण गरिएको हो ।
बिपन्न परिवारलाई पोषणयुक्त खानको पहुच बढाउन आफुहरुले सो सामाग्री बाडिएको लिडो नेपालकी ब्यवस्थापक सुनिता बेल्बासले बताईन । बाणगंगा नगरपालिका ११, कपिलवस्तु नगरपालिका वडा नम्बर ९, १० र ११, मायादेबी गाउपालिका वडा नम्बर १, २ ३, ४ र ५ तथा शुद्धोधन गाउपालिका वडा नम्बर १, २ र ३ का बिपन्न परिवारलाई सामाग्री बाडिएको हो ।
सो सामाग्री गाउ गाउ मै गई बितरण गरिएको ब्यवस्थापक बेल्बासेले बताईन । संस्थाले सो वडामा बिपन्न परिवारको आयआर्जनका लागि भैसी बाख्रा पालन, बीउ बिजन, सिचाईका लागि बोरिङ, खानेपानीका लागि नल लगायतमा समेत सहयोग गर्दै आएको छ ।
यसै बिच सो संस्थाको स्थानीय परियोजनाको सल्लाहकार समितिको बैठक समेत तौलिहवामा संपन्न गरिएको छ । बैठकमा इस्लामिक रिलिफको सहयोगमा लिडो अगुवाईमा संचालित परियोजनाको समिक्षा समेत गरिएको थियो ।
सो अवसरमा संस्थाकी ब्यवस्थापक सुनिता बेल्बासेले परियोजनाको प्रगतिका बिषयमा जानकारी गराएकी थिईन । सो अवसरमा जिल्ला समन्वय प्रमुख बावुराम आचार्यले लिडोले संचालन गरेको परियोजनको आफुले पटक पटक अनुगमन गर्दा राम्रो काम गरको पाएको बताए ।
उनले वास्तविका बिपन्नलाइ छनौट गरी परियोजना संचालन गरिएको बताए । उनले परियोजनाबाट बिपन्नहरुले फाईदा पाएको बताए । सो अवसरमा संस्थाका अध्यक्ष अतहर कमालले बिपन्न परिवारको आर्थिक स्थिति उकास्न आफुहरुले काम गरी रहेको बताए । उनले स्थानीय पालिकासंग समन्वय गरी काम अघि बढाइएको बताए ।
कार्यक्रममा मायादेबी गाउपालिका अध्यक्ष वलीउद्दीन मुसलमान, गैर सरकारी संस्था महासंघ कपिलवस्तुका अध्यक्ष जय प्रकाश पाण्डेय, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष खग प्रसाद चापागाई इस्लामिक रिलिफका अनुगमन अधिकृत निरज चौधरी, लेखा अधिकृत सलमान फारुकी लगायतको सहभागीता थियो ।