कपिलबस्तु नगरपालिकाको वार्षिक समिक्षा कार्यक्रम
तौलिहवा । कपिलबस्तु नगरपालिकाले आर्थिक बर्ष २०७८÷०७९ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विषयगत शाखाका प्रमुखले २०७८÷०७९ भए गरेको क्रियाकलपहरुको प्रगति विवरण समेत पेश गरेका थिए ।
सो कार्यक्रममा शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवालीले नगरभित्र भए गरेको सम्पूर्ण क्रियाकलपको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । त्यस्तै स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ता, योजना शाखा प्रमुख राजेश कुमार शैनी लगायतले गत आर्थिक बर्षमा गरिएको कार्य प्रगतिको बारेमा प्रस्तुतिकरण समेत गर्नु भएको थियो ।
कार्यक्रममा नगर प्रमुख सुदीप पौडेल, प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, लेखा अधिकृत बलराम न्यौपाने, सामाजिक विकास शाखाका प्रमुख पदमराज श्रेष्ठ, वडा नं. १ का वडाध्यक्ष मोहम्मद जाहिद खाँ, २ नं. कावडाध्यक्ष अशोक कुमार गुप्ता, वडा नं. ३ का वडाध्यक्ष प्रकाश गैरे, वडा नं. ४ का वडाध्यक्ष रविन्द्रनाथ तिवारी, वडा नं. ५ का वडाध्यक्ष दिरेप चौधरी, वडा नं. ६ का वडाध्यक्ष रामजित कुर्मी, वडा नं. ७ का वडाध्यक्ष, वडा नं. ८ का वडाध्यक्ष शिव कुमार पाण्डेय, वडा नं. ९ का वडाध्यक्ष दीपक गुरुंग, वडा नं. १० का वडाध्यक्ष मोहन लाल शर्मा, वडा नं. ११ का वडाध्यक्ष राम गोपाल यादव, वडा नं. १२ का वडाध्यक्ष ईन्सान अलि धुनिया लगायत कार्यपालिका सदस्य, सल्लाहकार, शाखा प्रमुख, अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।

























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406








xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













