कपिलवस्तु, ११ भदौ ।
शशस्त्र प्रहरीले बाढिले परिक्षा दिन बञ्चित विद्यार्थीहरुको लागि सम्बन्धित स्थानमै परिक्षा संचालनको व्यवस्थापन गरिदिएको छ । कपिलवस्तुको बाणगंगा ८ मोतिपुर स्थित कोइली नदीमा आएको बाढिले सडक अवरुद्ध हुदा रोकिएका ३५ जना विद्यार्थीलाई परिक्षा केन्द्र सारेर परिक्षा व्यवस्थापन गरिएको हो । मोतिपुर मा.वि.मा केन्द्र रहेको एसइई पुरक परिक्षार्थीहरुको परिक्षा विहान ८ बजेबाट थियो । भलवाड क्षेत्रका परिक्षार्थी परिक्षा दिन विहानै ७ बजेबाट आएर रोकिएका थिए ।
कोइली नदीमा आएको बाढीले परिक्षा रद्ध हुने अवस्था आएपछि शशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेडक्वाटरको विपत उद्धार टोलीले नदी पारि नै रहेको कपिल धाममै परिक्षा संचालन गरिदिएको थियो । त्यसका लागि शशस्त्रको ३१ जना टोली परिचालन गरिएको शशस्त्र एसपी सुर्यबहादुर सेनओलीले जानकारी दिनुभयो । “हामीले ३५ जना विद्यार्थीलाई डुंगाबाट ल्याउदा समय लाग्ने देखेपछि शिक्षा समन्व्य ईकाई र नगर शिक्षा शाखाको समन्वयमा त्यहि नै परिक्षा संचालन गर्न सफल भयौ” । शशसत्रले डुंगा मार्फत शिक्षक, निरिक्षक, केन्द्राध्यक्ष, गार्ड, सुरक्षाकर्मी, प्रश्नपत्र, तथा उत्तर पुस्तिकालाई पारि पुरयाएर परिक्षा संचालनमा समन्वय गरेको थियो । “बाढीले सडक अवरुद्ध गरेपछि परिक्षा दिन नपाउने र आफ्नो भविष्य विग्रने डर लागेको थियो तर शशस्त्र प्रहरी र शिक्षकहरुको सहयोगले परिक्षा दिन पाइयो” सहभागी एक विद्यार्थीले भने ।
कोइली नदीको बाढीले बर्षेनी थुप्रै व्यक्तिहरुलाई बगाउने गरेको छ । सानो बर्षामा पनि ठूलो भेल आउने र बगाउने गर्दा स्थानीय कोइली नदी तर्दा त्रसित बन्ने गर्दछन् । विगत ३ बर्षको अवधिमा मात्रै कोइलीले बगाउदा ११ जनाको मृत्यु भइसकेको छ । कोइली नदीमा पुल निर्माण नहुदा बर्षेनी यस्ता जोखिम बढ्दै आइरहेका छन् ।
तपाईको प्रतिक्रिया !