काठमाण्डाै – पर्यटन विभागले साहसिक प्रकृतिका खेलहरुसँग सम्बन्धित व्यवसाय नियमअनुसार मापदण्ड पूरा गरी सञ्चालन गर्न अनुरोध गरेको छ । कतिपय व्यवसायीले नियमअनुसार सम्बन्धित कार्यालबाट उद्योग/व्यवसाय दर्ता नगरि तथा नवीकरण नै नगरि सञ्चालन गरेको पाइएकोतर्फ ध्यानाकर्षण भएको विभागले जनाएको छ ।
वातावरण संरक्षण नियमावली, २०७७ को नियम ३ सँग सम्बन्धित बन्जी जम्पिङ्ग, स्वीङ्ग, क्यानोनिङ, स्काइ डाइभिङ, जीप फ्लाइङ, हाइ रोप्स, स्काइ वाक, प्याराग्लाइडिङ, अल्ट्रालाइट, फन पार्कलगायत अरु साहसिक तथा पर्यटन पूर्वाधारका आयोजना निर्माण तथा सञ्चालन गर्न वातावरणीय अध्ययन गरी इजाजत लिएर मात्रै गर्न विभागले आग्रह गरेको हो ।
पर्यटन विभागले आज सूचना निकालेर मापदण्ड र नियमअनुसार उद्योग/व्यवसाय सञ्चालन नगरेको भेटिएमा कानुन अनुसार दण्ड र जरिबाना गर्ने पनि चेतावनी दिएको छ ।
तपाईको प्रतिक्रिया !