रिभल्वर पेस्तोलसहित बुटवलबाट एक जना पुरुष पक्राउ परेका छन् । बुटवल उप-महानगरपालिका वडा नं.९ इटाभट्टीमा रहेको होटल नमोबुद्धमा बसिरहेका बाग्लुङ दगातुन्डाडा घर भई बुटवल ८ सुख्खानगर बस्ने ३३ वर्षीय सन्त्तोष सलामी पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।
शंकास्पद अवस्थामा बसेको भन्ने गोप्य सूचनाका आधारमा जाँच गर्दा शुक्रबार दिउँसो साढे १२ बजे सलामीलाई पक्राउ गरिएको केसीले बताए ।
सलामीको साथबाट एउटा रिभल्वर पेस्तोल, पेस्त्तोलमा लोड भएको १ थान गोली र अन्य २ थान गोली भेटिएको प्रहरीले जनाएको छ । जिल्ला अदालत रुपन्देहीबाट म्याद लिई उनीमाथि थप अनुसन्धान भइरहेको डीएसपी केसीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !