काठमाडौं, असोज १५ गते। जनता समाजवादी पार्टी, नेपालले पाँच दलीय गठबन्धनको विकल्प खोज्ने निर्णय गरेको छ। शनिबार बसेको जसपाको कार्यकारिणी समितिको बैठकले पाँच दलीय गठबन्धनको विकल्प खोज्ने निर्णय गरेको प्रवक्ता मनिसकुमार सुमनले जानकारी दिनुभयो।
मंसिर ४ गतेका लागि तोकिएको संघीय चुनावका लागि सिट बाँडफाँटमा तालमेलका सम्बन्धमा सकारात्मक छलफल नभएको भन्दै जसपाले विकल्प खोज्ने निर्णय गरेको उहाँको भनाइ छ।
सत्ता गठबन्धनसँग सिट बाँडफाँटका लागि सन्तोषजनक छलफल नभएको भन्दै जसपाले अतिरिक्त सम्भावनाका लागि विकल्प खोज्ने निर्णय गरेको प्रवक्ता सुमनले प्रष्ट पार्नुभयो।
‘सिट बाँडफाँट सम्बन्धी छलफलमा हाम्रो पार्टीका लागि सन्तोषजनक अवस्था नदेखिएको हुँदा यसका अतिरिक्त सम्भावना भएसम्म विकल्पको रुपमा राजनीतिक दलसँग सिट तालमेल गर्न सकिने छ’, प्रवक्ता सुमनले भन्नुभयो।
कुनै विकल्प सम्भव नभए जसपा एक्लै चुनावमा सहभागी हुने उहाँको भनाइ छ। ‘अतिरिक्त विकल्पको सम्भावना हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै निर्वाचनमा भाग लिने निर्णय गर्दछ’, बैठकपछि प्रवक्ता सुमन भन्नुभयो।
तपाईको प्रतिक्रिया !