गुल्मी । अविरल वर्षासँगै खसेको पहिरोले ट्रान्सफर्मरमा क्षति पुर्याएपछि गुल्मीमा विद्युत सेवा अवरुद्ध भएको छ ।
तम्घासको पुतली बजारमा रहेको ३३ केभी मेन लाइनको ट्रान्सफर्मरमा माथिबाट खसेको पहिरोले क्षति पुर्याएको नेपाल विद्धुत प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ ।
पहिरोले ठूलै क्षति पुर्याएको र विद्धुत सेवा अवरुद्ध भएको केन्द्रले जनाएको छ । लगातार वर्षा भएकाले मर्मतमा समेत कठिनाइ भइरहेको छ ।
पानी रोकिन साथ मर्मत कार्य अगाडि बढाइने गुल्मी वितरण केन्द्रले जनाएको छ ।
पहिरोले रेसुङ्गा नगरपालिकाको प्रशासकीय भवन पनि जोखिम भएको छ भने ग्रामीण सडकहरु पनि अवरुद्ध भएका छन् ।
तपाईको प्रतिक्रिया !