कपिलबस्तुको तिन बटै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । मतदान सम्पन्न भएसंगै तिन वटै क्षेत्रको मतपेटिकाहरु मतगणना स्थल तर्फ ल्याइने कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत सुर्यनाथ प्रकाश अधिकारीले बताउनुभयो ।
जिल्लामा २ सय ३५ मतदानस्थल, ४ सय ७३ मतदान केन्द्रका सबै मतपेटिका बाकस संकलन गरेर मात्र मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लामा कुल ६५ प्रतिशत मत खसेको छ । जिल्लामा तिन लाख ७८ हजार २ सय ३२ मतदाता रहेका छन् । प्रतिनिधि सभातर्फ ३ र प्रदेश सभातर्फ छवटा निर्वाचन क्षेत्र रहेको कपिलबस्तुमा निर्वाचित हुने नौ पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १ सय ४३ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।
तपाईको प्रतिक्रिया !