माधव भाट क्षेत्री । कपिलवस्तु पौष १२
रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनले बाणगङ्गा नगरपालिका वार्ड नम्बर ३ सिउटी निवासी ५० बर्षिय महिला बिस्नु पान्डेलाइ पाठेघरको क्यान्सर उपचार को लागि नगद रु.२११११/- एक्काईस हजार एक सय एघार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ ।
अन्तरास्ट्रिय सामाजिक सस्था, स्वार्थ भन्दा माथी सेवा भन्ने मूल्य र मान्यतालाइ आत्मसाथ गर्दै सामाजिक एवम् मानविय कार्य गर्दै आइरहेको रोटरी इन्टरनेस्नलको अभिन्न अङ्गको रुपमा रहेको रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनले यस क्षेत्रमा विभिन्न सामाजिक एवं मानवीय कार्य गर्दै आइरहेको छ ।
५० बर्षिय महिलाको उपचारमा केही राहत होस भन्ने हेतुले क्लवमा कृयासिल रोटरीयनहरु बाट उक्त्त रकम संकलन गरियको हो । हस्तान्तरण कार्यक्रममा क्लवका अध्यक्ष रो.मोहन बेल्बासे, निबर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक रो. माधब भाट , सस्थापक अध्यक्ष रो.लक्ष्मण अधिकारी सचिव रो. कान्ता गहतराज,सर्जन एट आम्स रो.हेमन्त थापा ,सल्लाहकार रो. कृष्ण प्रसाद भट्टराई ,रो. सीता भाट क्षेत्री लगायतको उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया !