तौलिहवा । कपिलबस्तु स्थित जिल्ला बार ईकाईद्वारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को २ बाट निर्वाचित प्रदेश सभा सदस्य सुधाकर पाण्डेयलाई स्वागत गरेको छ । प्रदेश सभा सदस्य पाण्डेय बारका पुर्व अध्यक्ष तथा बरिष्ठ अधिवक्ता हुन ।
त्यस्तै हालै कपिलबस्तु जिल्ला अदालतमा आउनु भएका न्यायाधिश रामानन्द प्रसाद अधिकारीलाई पनि बारले स्वागत गरेको हो ।
प्रदेश सभा सदस्य पाण्डेयले न्याय सम्पादनमा बार र बेन्चको भूमिका निभाई आएको बताउनुभयो । उहाँले आउने दिनमा पनि कानून निर्माण तथा बार र अदालतलाई सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा बारका अध्यक्ष चन्द्र बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा कृष्ण प्रसाद पौडेलको सञ्चालन र वरिष्ठ अधिवक्ता मदन प्रसाद गुप्तको स्वागतमा भएको थियो । कार्यक्रम कपिलबस्तु बारमा आवद्ध कानून व्यवसायी हरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !