कपिलबस्तु, पुस १५ गते । कपिलवस्तुको तौलिहवाको भवनी भिक्षुदेखि गौढी चोकसम्मको मेडियन निर्माणको काम निम्न गुणस्तरको गरिएको छ । ठेकेदार कम्पनीले आफनो मनोमानीढंगले मेडीएनको काम गरेकोले निर्माण गरेको केही दिन मेडिएनको देवाल भत्किएको र बाङोटिङो निर्माण गरिएको हो । ठेकेदारले मनपरीढंगले गुणस्तरहीन काम गरे पनि कसैले रोक नलाए पछि स्थानीय बासीले विरोध जनाएका छन् ।
स्थानीयबासीको बिरोध र जन गुनासो पछि प्रजिअ धर्मेन्द्र कुमार मिश्र प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत कपिलवस्तु नगरपालिकाका नगर प्रमुखसुदीप पौडेलले सो कार्यको स्थलगत अनुगमन र निरीक्षण गरेका थिए ।
तौलिहवाको भवनी भिक्षुदेखि गौढीसम्म निर्माण गर्न लागिएको मेडियनको काम बांगोटिंगो, गुणस्तरहिन र रत्न राज्य स्कुलको अगाडी ढलेको त्यो अहिलेसम्म नबनाएकोले जोखिमयुक्त रहेको प्रजिअ मिश्राले बताउनुभयो । निर्माण ठेकेदारलाई सोध्दा बांगो भएको सुइकार गरेपनि तर पुनः निर्माण गर्ने विषयमा केही नबोलेको उहाँले बताउनुभयो ।
काम राम्रो नभएको भन्दै आफुले ठेकेदार पक्ष र सडक डिभिजन कार्यालयलाई पटक पटक आग्रह गरेको नगर प्रमुख पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो ‘काम सही र राम्रो तरिकाले गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छु ।’
निर्माण भईरहेको मेडियनको काममा फार्म राम्रो संग नमिलाएको कारणले बांगोटिंगो भएको सडक डिभिजन कार्यालयका इन्जिनियर अर्जुन पाण्डेले बताउनुभयो । यसलाई सुधार गर्न ठेकेदार काम्पनीलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।
सो कामको जिम्म मनकामना निर्माण सेवा एण्ड सप्लायर्स काठमाण्डौले लिएको छ । निर्माण कम्पनीले बाटोको दुबै तर्फ गरी ५ सय ८० मिटर मेडियन र ढेड सय मिटर नालीको कामको ठेक्का भ्याट सहित १ करोड ८० लाख लागतको रहेको छ ।
तपाईको प्रतिक्रिया !