बझाङ ( बझाङको केदार स्युँ गाउँपालिका(९ मा रहेको जवा प्राथमिक विद्यालयमा १ सय ३० जना बालबालिका अध्ययन गर्छन् । शिशुदेखि कक्षा ३ सम्म अध्यापन हुने यस विद्यालयमा न त खानेपानीको व्यवस्था छ, न कक्षाकोठा नै । भवनको अवस्था जीर्ण छ । विद्यालयको छानाबाट वर्षातमा पानी र हिउँदमा शीत चुहिन्छ।
स(साना बालबालिका भुइँमा बसेर पढ्छन् । प्रायस् दलित समुदायका बालबालिका अध्ययन गर्दै आएका यो विद्यालय दुई शिक्षिकाले धान्दै आएका छन् । ३ कोठा रहेको विद्यालयमा एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा विद्यार्थी राखेर पढाइन्छ । विद्यार्थी पढ्नका लागि पालो कुरेर बस्छन् ।
कक्षाकोठाको अभाव भएपछि दुई वटा कक्षा एकै ठाउँमा खप्टेर पढाउने गरिएको छ । कक्षा २ र ३ का विद्यार्थि सँगै राखेर पढाउँदा केही नबुझिने कक्षा ३ मा अध्ययनरत छात्रा लक्ष्मी कामी बताउँछिन् । ुपाठ्यक्रम फरक(फरक हुन्छ तर पनि दुई कक्षाका विद्यार्थी एउटै कोठामा राखिन्छ । अलग बस्न कोठा पुग्दैन । शिक्षक पनि छैनन् । कतिबेला पढ्न पाइन्छ भनेर पालो कुरेर बस्नुपर्छ ु उनले सुनाइन् ।
विद्यालयमा कार्यरत शिक्षिका मञ्जु विक कोठा अभावका कारण कहिलेकाहीँ विद्यालय छिट्टै छुट्टी दिने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ(ुएउटै कक्षामा कक्षा २ र ३ का विद्यार्थी राखेर पढाउँदा गुणस्तरीय शिक्षाको कल्पनै गर्न सकिँदैन । एकतर्फ पढाउन खोज्यो अर्कोतर्फका विद्यार्थीले हल्ला गर्छन् । तैपनि, सिकाइ प्रभावकारी हुन्छ कि भनेर शैक्षिक सामग्री प्रयोग गरेर, गृहकार्य दिएर पढाउँदै आएका छौँ ।
विद्यालयका प्रधानाध्यापक आशा सिंह शाही विद्यालयको अवस्थाबारे सम्बन्धित निकायलाई जानकारी गराए पनि समाधान हुन नसकेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ ‘केही समयअघि पालिकाले स्वयम्सेवक शिक्षक उपलब्ध गराएको थियो । तलब कम भएको भन्दै उहाँ विद्यालय छाडेर भारत गएपछि थप समस्या भएको छ । विद्यालयको भौतिक संरचनाका बारेमा हामीले वडाबाट निर्वाचित भएका सबै जना प्रतिनिधिदेखि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, अन्य कर्मचारीहरुलाई पटक पटक जानकारी गराइसकेका छौँ । सुनुवाइ हुनसकेको छैन।ु काम विशेषले एक शिक्षिका नआउँदा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आउने उहाँले बताउनु भयो ।
विद्यालयको नाजुक अवस्था देख्दा निक्नै दुस्ख लाग्ने स्थानीय बताउँछन् । स्थानीय गेडे कामी भन्नुहुन्छु विद्यालयको भवनको माग गरेको वर्षौँ भयो । कसैले पनि हाम्रो आवाज सुनिदिएको छैन । सबै विद्यार्थीहरुलाई एउटै कक्षामा राखेर पढाउनु परेको छ । चन्दा सङ्कलन गरेर विद्यालयमा केही काम गरौँ भने त्यो पनि सम्भव छैन।
केदार स्युँ गाउँपालिकाका अध्यक्ष गणेश बहादुर बोहोरा, उपाध्यक्ष मनिसा धामी र प्रमुख प्रशासकीय अधिकृत पदम उपाध्यायसहितको टोलीले विद्यालयको स्थलगत निरीक्षण गरेको थियो ।
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले विद्यालयको निरीक्षण गरेको र तत्काल पालिकामा भवन निर्माणका लागि रकम नरहेको तर केही समयभित्रै बजेट विनियोजन गर्नेगरी काम अघि बढाइएको बताएका छन् । तत्काल समस्या समाधानका लागि पालिकाबाट केही रकम विद्यालयलाई विनियोजन गरिने अध्यक्ष बोहोराले बताउनु भयो । शिक्षक उपलब्धताका लागि प्रक्रिया अघि सारिसकेको र केही दिनभित्रै शिक्षक विद्यालयमा पठाइने उहाँले बताउनु भयो।
तपाईको प्रतिक्रिया !