लुम्बिनी प्रदेशको पहिलो अधिवेशन शुरु

देउखुरी, पुस १८ गते । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन बसेको छ । दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बसेको हो । सोमबार दुई वटा बैठक बस्नेछ । पहिलो बैठकमा प्रदेश सभाको अधिवेशन आह्वान सम्बन्धि पत्र ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउनुभयो  ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभा बैठकलाई सम्बोधन गर्नुभयो ।  उहाँले प्रदेश सरकारले पाँच वर्षको अवधिमा गरेका कामहरुको बारेमा नयाँ संसद्लाई जानकारी दिनुभएको थियो । पहिलो बैठकपछि आधा घण्टा संसद् बैठक स्थगित भएको थियो ।  दोस्रो बैठक साढे २ बजेबाट पुनः शुरु भयो ।

प्रतिक्रिया
संबन्धित समाचार