लुम्बिनी समय । तौलिहवा
कपिलबस्तुको मायादेवी गाँउपालिका वडा नं. ३ द्वारा न्यानो कम्मल वितरण गरिएको छ । वडा परिषद्ले चालु आर्थिक वर्षको वार्षिक बजेटबाट विनियोजन गरेको रकमले वडामा भएका ज्येष्ठ नागरिक, एकल महिलालाई न्यानो कम्मल वितरण कार्य जारी राखेको वडाअध्यक्ष शैलेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।
आज वडाको फुलिका, बरसौली, बिचौवापुर, चौदहवा, अतरपरीका जेष्ठ नागरिक, एकल महिलालाई न्यानो कम्मल वितरण गरेको यादवले जानकारी दिनुभयो । वडामा अहिले सम्म अत्यधिक जाडो र शितलहरबाट पिडित भएको करिब १ सय बढीलाई न्यानो कम्बल बितरण उहाँले बताउनुभयो ।
कम्मल वितरण कार्यक्रममा स्थानिय समाजसेवी बुद्धिजीवीको समेत उपस्थिती रहेको थियो । न्यानो कम्मल पाएपछी स्थानिय खुसी भएका छन । वडा अध्यक्ष यादवले बुधबार मायादेवी ३ को छोटकी डिहवा खैराटी, बरगदवा गाउँमा न्यानो कम्मल वितरण गर्नुभएको हो । यस्तै भोली शुक्रबार पनि वडाको बहरवासी स्थित विहान ११ बजे मुनेश्वर माध्यामिक विद्यालयको प्रंगण र डुमारिया गाउँमा दिउसो १ बजे कम्मल वितरण कार्यक्रम रहेको छ ।
तपाईको प्रतिक्रिया !