भैरहवा । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा आपसी बिवादमा गोली चलेको छ । बिहिबार राती केही पड्केको आवाज आएको र घटनास्थलमा एक थान गोलीको खोका फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले पुष्टि गरेका छन ।
अर्यालका अनुसार करिब ७ बजे गोली चलेको हो । कोटहीमाइ गाउपालिका वडा नम्बर ३ पर्सियामा तर्साउनको लागि हवाइ फायर गरिएको अर्यालको भनाइ छ । ” त्यस क्षेत्रमा तस्करहरुले पकड जमाउने उद्देश्यले तर्साउनको लागि हवाइ फायर भएको जस्तो देखिएको छ ।” उनले भने ” हामीले घटनामा सम्लग्न ३ जनालाइ नियन्त्रणमा लिएका छौ, उनिहरुको नाम अहिले खुलाउन मिल्दैन ।”
गोली चलेको स्थान नेपाल-भारतको सीमा क्षेत्र हो । गोली चलेको पर्सिया लगायत त्रीलोकपुर, कदमहवाबाट भारतबाट अवैध चोरी निकासी हुने गरेको छ ।
तपाईको प्रतिक्रिया !