कपिलवस्तु २९ पुस
कपिलवस्तुको तौलिहवा स्थित सगरमाथा महिला विकास बचत तथा ऋण सहकारीको २५ औ साधारण सभा र १० औ अधिबेशनबाट शुसमा गुरागाई निर्वारोध अध्यक्षमा निर्वाचित भएकी छिन । गुरागाईको नेतृत्वमा ११ सदस्यीय समिति निर्बिरोधरुपमा चयन भएको हो । समितिको उपाध्यक्षमा ताहिरा खातुन, सचविमा गुन्जेश्वरी श्रीवास्तव कोषाध्यक्षमा शारदा पराजुली चयन भएका छन ।
यस्तै समितिको सदस्यहरुमा गुलावपत िबढई, साबित्री कुर्मी, भानमति मुराउ, सुन्तना खातुन, अवरुन निसा, माधवी शर्मा, गंगा भन्डारी रहेका छन । सभाको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले उदघाटन गर्दै सहकारी मार्फत महिला सशक्तिकरण समेत भएको प्रति खुशी ब्यत्त,m गरे । उनले सबै मिलेर नगरको विकासमा जुटन आग्रह गरे । उनले सहकारीसंग सहकार्य गरे काम थगर्न आफु प्रतिबद्ध रहेको बताए ।
सो अवसरमा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले आफनै वडामा रहेको सगरमाथा महिला सहकारीले राम्रो प्रगति गरेको बताए । उनले महिला कै नेतृत्वमा रहेको सहकारीको विकासमा हातेमालो गरिने बताए । सो अवसरमा संस्थाको प्रगति प्रतिबेदन रिता भन्डारी र आर्थिक प्रतिबेदन लक्ष्मी पराजुलीले पेश गरेका थिए । सो अवसरमा असल बचतकर्ता र ऋणीहरु गरी ६ जनालाई सम्मानित समेत गरिएको थियो । बिजय लक्ष्मी सिंहको अध्यक्षता पुष्पा रेग्मीको संचालनमा भएको कार्यक्रममाम शारदा पराजुलीले स्वागत मन्तब्य दिएका थिए ।
तपाईको प्रतिक्रिया !