काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले संविधानमाथि खतराको घण्टी फेरि बजेको बताएका छन् ।
शनिबार संसद बैठकबाट बाहिरिने क्रममा महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको कुरालाई प्रमुख रुपमा संसदमा उठाइरहेको भन्दै पुनः संविधानमाथि खतरा पैदा हुन शुरु भएको बताएका हुन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधानको रक्षा गर्ने मुद्दाका लागि समर्थन गरेको बताए । उनले राष्ट्रपतिरउपराष्ट्रपतिको परीक्षणमा उत्तीर्ण हुने की नहुने भन्नेबारेमा सत्ता गठबन्धनले आगामी दिनमा सोच्नुपर्ने बताए ।
उनले भने, ‘हिजो प्रचण्डजी संविधानकै पक्षमा उभिन्छु, संविधानको रक्षाका लागि गठबन्धन बन्यो । अहिलेको परिवेशमा संविधानमाथि खतराको घण्टी फेरि प्रकट भएको छ । ओलीजीले संसद विघटनको विषयलाई प्रमुख पक्ष बनाउनुभएको छ । अब प्रधानमन्त्री पनि संविधानको पक्षमा उभिने की नउभिने भन्ने हो । स्वार्थमा मुन्टो लुकाएर बस्नुभयो भने त परिणाम अर्को हुन्छ, त्यसैले राष्ट्रपतिरउपराष्ट्रपतिको परीक्षणमा उत्तीर्ण हुने की नहुने उहाँहरुकै हातमा छ ।’
तपाईको प्रतिक्रिया !