कपिलवस्तु
“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ यहीँ माघ १७ गते देखि जारी १३ औं कपिलवस्तु महोत्सवमा आज महोत्सवको पार्चौँ दिन समेत चर्चित राष्ट्रिय कलाकारको प्रस्तुति रहने भएको छ ।
महोत्सवको शनिबार पाँचौं दिन चर्चित बाल गायिका कमला घिमिरे, लोक तथा दोहोरी गायिका सम्झना भण्डारी, लोक दोहोरी गायक बसन्त लम्सालसहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सव आयोजक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिए ।
महोत्सवका शुक्रबार देखि सिङ्गिङ्ग आइडलको शुभारम्भ गरिएको छ । ११ औं कपिलवस्तु डान्स आइडलमा प्रतिस्पर्धीले प्रस्तुति देखाइरहेका छन् । सिङ्गिङ्ग आइडलले यस पटकको महोत्सव थप रौनकता थपेको छ ।
माघ २९ गतेसम्म चल्ने महोत्सवमा रोटेपिङ, झुँला, मौतकाकुवा, ब्रेस डान्स लगायतका मनोरन्जन सामग्री रहेका छन् ।
तपाईको प्रतिक्रिया !