कैलालीमा आजबाट उल्लु महोत्सव सुरु
धनगढीः कैलालीको घोडाघोडीमा आजबाट उल्लु महोत्सव सुरु भएको छ। घोडाघोडी नगरपालिकाको माघी गाउँमा दुईदिने लाटोकोसेरो महोत्सव आयोजना गरिएको हो।
महोत्सवमा उल्लुको फोटो प्रदर्शनी गरिएको छ। उल्लुलाई किसानको साथीको रूपमा पनी चिनिन्छ। उल्लुले खेतबारीको मुसा खाइदिन्छ।
धर्ममान्यताअनुसार उल्लु लक्ष्मीको बहान हो पनि भनिछ। नेपाल मा २३ प्रजातिका लाटोकोसेरो पाइन्छन्। घोडाघोडी नगरपालिका– ४ स्थित माघी होमस्टेमा लाटोकोसेरो तथा हुचिलउत्सव सुरु भएको आयोजकले बताएको छ। लाटोकोसेरो चराको संरक्षणमा जनचेतना जगाउने उद्देश्यले चरा संरक्षण सञ्जाल कैलाली र प्रकृतिका साथीहरू संस्थाको आयोजनामा २० र २१ माघमा उत्सव हुन लागेको हो।
उत्सवस्थलमा राखिएका लाटोकोसेरो तथा हुचिलको लघुसंग्रहालयमार्फत् लाटोकोसेरो तथा हुचिल चराबारे अवलोकनकर्तालाई जानकारी दिइने आयोजकले बताएको छ। त्यस्तै, लाटोकोसेरोबारे तयार पारिएको वृत्तचित्रसमेत उत्सवमा प्रदर्शनी गरिने बताइएको छ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













