Lumbini Samay
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
गच्छदार जसपा केपी ओली माधब नेपाल प्रचण्ड प्रधानमन्त्री देउवा
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result

Lumbini samay, Lumbini times, Lumbini press, lumbinidaily, lumbini news, lumbini times, lumbini post, lumbini Online, lumbini samachar
No Result
View All Result

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी


फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

बुद्धभूमि (कपिलवस्तु) I पहाडको शिरमा  पुर्खादेखि मिलेर बसेको सानो गाउँ । घरछेउको भिरालो बारी । रहनसहन र चालचलनमा गाउँले झझल्को दिने परिवेशमा ढकमक्क फुलेका फूल । झट्ट हेर्दा कुनै तराईका फाँटमा गन्यमान्यले घर सजाउन रोपेका फूलका बगैँचाजस्तै लाग्छ ।

तर यो त विगत १५ वर्षदेखि व्यावसायिक पुष्पखेती गर्दै आउनुभएका कृषक कमानसिंह दर्लामीको व्यवसाय हो । उमेरले ६३ वर्ष कट्नुभएका दर्लामीले कुनै चलनचल्तीको व्यवसाय भने गर्नुभएको होइन । सुन्दा अच्चम लाग्ने तर दाम, नाम र इज्जत कमाएरै फूलखेतीबाट दैनिकी चलाउँदै आउनुभएको छ ।

तराईको फाँट कटेपछि झण्डै ३० किलोमिटर पहाड उक्लियौँ भने अर्घाखाँची शीतगङ्गा नगरपालिका ठाडाका एक किसानको घरमा फुलाएको फूलले यस्तै रमणीय दृश्य देख्न सकिन्छ । अर्घाखाँचीलगायत कपिलवस्तु, रुपन्देही, दाङ, नवलपरासीसम्म पुष्प व्यवसायका रूपमा नाम कमाउनुभएका दर्लामीले यसैबाट दैनिकी चलाउँदै आउनुभएको छ । पुष्प खेतीबाट मासिक रू ३५ हजारसम्म आम्दानी गर्ने उहाँले बताउनुभयो । सानै उमेरदेखि फूलका सौखिन दर्लामीले कुनै बेला यसरी फूलको खेती गरिएला भन्ने सोच्नुभएको थिएन ।

“सानैदेखि आर्टको काम गर्दै आएको हुँ, आर्टको काम गर्दा थुप्रै चित्र बनाएको छु । त्यही पेसा गर्दै गर्दा पुष्पखेती गर्ने सोच पलायो । शोखले गरेको पुष्पखेती एकाएक फैलिएर व्यवसायका रूपमा परिणत भयो”, दर्लामीले भन्नुभयो ।

छ सन्तानका बाबु उहाँ जागिरको सिलसिलामा भारतका विभिन्न स्थानसम्म पुग्नुभएको छ । नेपालमै केही वर्ष अध्यापनको अनुभव पनि छ ।

उहाँले आफ्नो साढे छ रोपनी जग्गामा पुष्पखेती गरेको बताउनुभयो । बाह्रै महिना फुल्ने फूल लगाउनुभएका उहाँले विशेषगरी तिहारमा बढी प्रयोग गरिए पनि अघिपछि त्यति प्रयोग नगरिने अनुभव सुनाउनुभयो । फूलको व्यापार पनि मौसमअनुसार हुने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “बाह्रै महिना मेरो माग बढ्दो छ । फूलमात्रै नभएर फूलका बिरुवा पनि उत्पादन गर्ने गरेको छु । मैले उत्पादन गरेका फूलका बिरुवा ठूला नर्सरीमा लगाउँछन् ।”

अहिले उहाँ यिनै फूल लिएर कपिलवस्तु झर्नुभएको छ । यही माघ १७ गतेदेखि जारी कपिलवस्तु महोत्सवमा उहाँले फूलको स्टल राख्नुभएको छ । केही वर्षयता कपिलवस्तु महोत्सवमा स्टल राख्दै आउनुभएका उहाँले यस वर्ष पनि निरन्तरता दिएको बताउनुभयो । महोत्सव अवलोकन गर्न आउने सर्वसाधारणलाई उहाँले फूल खेती लगाउने तरिका पनि सिकाउने गर्नुभएको छ । कतिपयले महोत्सवबाट घरमा शोभाका लागि फूलका बिरुवा किनेर लैजाने गरेको उहाँले सुनाउनुभयो ।

कृषि तथा पर्यटन महोत्सवमा आयोजकले आफूलाई स्टल ल्याउन आग्रह गरेकाले यहाँ आएको उहाँले सुनाउनुभयो । कपिलवस्तुका विभिन्न स्थानमा लाग्ने महोत्सवमा आफूले स्टल लैजाने गरेको उहाँले बताउनुभयो ।

पुष्प व्यवसायी दर्लामीले लालुपाते, गजेनियाँ, हेसराज, बेगुनिया, जिरेनियम, डगफ्लावर, सयपत्री, टिकुमा, कृष्णकली, सालविया, गोदावरीलगायत दुई दर्जनभन्दा बढी जातका फूल लगाउने गर्नुभएको छ । उहाँले तीन जनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छ भने अन्य चार–पाँच जनालाई सिजनअनुसार जागिर दिँदै आएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया !

संबन्धित खवर

खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

क्रिकेटर रौनकलाई गृहजिल्ला कपिलवस्तुमा भव्य स्वागत

क्रिकेटर रौनकलाई गृहजिल्ला कपिलवस्तुमा भव्य स्वागत

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सिद्धबाबा नजिकै पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

सिद्धबाबा नजिकै पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

रसुवा बाढी अपडेट: नौ जनाको शव फेला, १९ अझै बेपत्ता

रसुवा बाढी अपडेट: नौ जनाको शव फेला, १९ अझै बेपत्ता

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

  • ट्रेन्डिङ
  • प्रतिक्रिया
  • ताजा
कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

२ महिना अगाडि
गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

३ वर्ष अगाडि
लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

३ वर्ष अगाडि
ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

४ वर्ष अगाडि
खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

0

दाउरा टिप्न जाँदा कमला नदीमा फसेकी सिरहाकी तीनजना महिलाको उद्धार, यसरी फसेका थिए

0
बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

0
बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

0
खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

१ दिन अगाडि
क्रिकेटर रौनकलाई गृहजिल्ला कपिलवस्तुमा भव्य स्वागत

क्रिकेटर रौनकलाई गृहजिल्ला कपिलवस्तुमा भव्य स्वागत

१ दिन अगाडि
दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

१ दिन अगाडि
सिद्धबाबा नजिकै पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

सिद्धबाबा नजिकै पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

१ दिन अगाडि

footer

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
लुम्बिनी समय अनलाइन डटकम
प्रधान कार्यालयः तौलिहवा, कपिलबस्तु
ईमेल: [email protected]
वेबसाइट : www.lumbinisamay.com
सूचना विभाग दर्ता नं. : ३७४१-२०७९/०८०
प्रेस काउन्सिल दर्ता नं. : ३९४५

हाम्रो टीम

सम्पादकः
समाचार प्रमुखः सुग्रीव बरई

संवाददाताः
९८५७०५१६४१, ९८०२६३२६२१

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube Instagram
  • Powered by : PROTECH

©  लुम्बिनीसमयमा  सर्वाधिकार सुरक्षित- 2021

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि