Lumbini Samay
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
गच्छदार जसपा केपी ओली माधब नेपाल प्रचण्ड प्रधानमन्त्री देउवा
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result

Lumbini samay, Lumbini times, Lumbini press, lumbinidaily, lumbini news, lumbini times, lumbini post, lumbini Online, lumbini samachar
No Result
View All Result

लुम्बिनी प्रदेश सरकार विस्तारको तयारीमा


लुम्बिनी प्रदेश सरकार विस्तारको तयारीमा

लुम्बिनी प्रदेश सरकार विस्तारको तयारी थालिएको छ । मुख्यमन्त्रीले शपथ लिएको एक महिनापछि प्रदेश सरकारले पूर्णता पाउन थालेको हो । सत्ता साझेदार दलले मन्त्रालय बाँडफाँटको विषय करिब टुङ्गो लगाएको बताएका छन् । दलहरुले आफ्नो पार्टीबाट कसलाई मन्त्री बनाउने भन्ने विषय टुङ्ग्याउन बाँकी छ ।

लुम्बिनी प्रदेश सकारका प्रवक्ता तथा मन्त्री चेतनारायण आचार्यले दुई दिनभित्रमा मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी छलफलमै छौँ, धेरै विषय टुङ्गिएका छन्, केही विषयमा छलफल भइरहेको छ, सबै विषयमा अन्तिम छलफल पछि एकै पटक टुङ्ग्याउने छौं ।’

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा लगायत अन्य सत्ता साझेदार दलहरुबीचमा सरकार विस्तारबारेमा छलफल भएको बताइएको छ । मन्त्रालय बाँडफाँट टुंगिए पनि मन्त्री बन्ने आकांक्षी धेरै भएकाले विस्तारमा समस्या भएको नेताहरुको बुझाइ छ ।

१० जनासम्मको मन्त्रिपरिषदमा अहिले ३ जना मन्त्री भइसक्नुभएको छ । मुख्यमन्त्री र एकजना मन्त्री एमालेबाट भएका छन् । बाँकी एक मन्त्री माओवादीबाट छन् । अब सात जना नयाँ मन्त्रीका लागि दलहरुबीचमा मन्त्रालय भागबण्डाको विषय सहमति नजिक पुगेको बताइएको छ ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य इन्द्रजित थारुले छलफल सकारात्मक रुपमा अघि बढेकाले दुई दिनमा सबै विषय टुङ्गिने बताउनुभयो । उहाँका अनुसार माओवादी केन्द्रले अर्थ मन्त्रालयसहित संसदीय दलका नेता जोखबहादुर महराले सकारको नेतृत्व गर्नु हुनेछ । राप्रपा, जनमत, लोसपा, जसपा, नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउनेगरी मन्त्रालयको भागबण्डा लगाउने प्रयास भइरहेको छ ।

नगरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धर्मबहादुर चौधरीले आफूहरुको माग पूरा नभएसम्म सरकारमा नजाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी रेशम चौधरीलगायतका नेतालाई न्याय नदिंदासम्म सरकारमा जाँदैनौ ।’

अहिले प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाइएको छ । जसलेगर्दा मन्त्रालय भागबण्डामा केही समस्या परेको देखियो । तर प्रदेश सरकारलाई पारदर्शी र मितव्ययी बनाउन यो निर्णयको चर्चा छ । अघिल्लो सरकारले १३ मन्त्री र चार राज्यमन्त्री गरी १७ जनाको मन्त्रिपरिषद् गठन गरेको थियो ।

लीला गिरी मुख्यमन्त्री बनेपछि राज्यमन्त्री नराख्ने र मन्त्रालयको सङ्ख्या घटाएर १० बनाउने निर्णय गरेको छ । प्रदेशसभाको दश प्रतिशतभन्दा बढी मन्त्रीहरु नबनाउने गरी मन्त्रालय घटाइएको हो । लुम्बिनी प्रदेशको पहिलो मन्त्रिपरिषद् बैठकले १३ मन्त्रालयको सङ्ख्या घटाएर १२ बनाउने निर्णय गरेको थियो । तर सङ्घीय सरकारले मुख्यमन्त्री बाहेक ९ वटा मात्रै मन्त्रालय राख्न निर्देशन दिएपछि मन्त्रालयको सङ्ख्या घटाइएको हो । पुस २७ मा सात दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएकोथियो । नियुक्तिको भोलिपल्ट पुस २८ मा मुख्यमन्त्रीसँगै दुई जना मन्त्रीले शपथ लिनुभयो ।

तपाईको प्रतिक्रिया !

संबन्धित खवर

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

लुम्बिनीमा संरक्षण प्रयोगशाला उद्घाटन

लुम्बिनीमा संरक्षण प्रयोगशाला उद्घाटन

नटुवा समुदायका बालबालिकालाई शिक्षाको पहुंचमा पुर्याउन शैक्षिक सामाग्री

नटुवा समुदायका बालबालिकालाई शिक्षाको पहुंचमा पुर्याउन शैक्षिक सामाग्री

यशोधरा गाउँपालिका–४ मा कृषकलाई ८५ प्रतिशत अनुदानमा स्प्रे ट्याङ्की वितरण

यशोधरा गाउँपालिका–४ मा कृषकलाई ८५ प्रतिशत अनुदानमा स्प्रे ट्याङ्की वितरण

अमेरिकाको पहलपछि भारत–पाकिस्तानबीच युद्धविराम

अमेरिकाको पहलपछि भारत–पाकिस्तानबीच युद्धविराम

  • ट्रेन्डिङ
  • प्रतिक्रिया
  • ताजा
कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

१ हप्ता अगाडि
गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

३ वर्ष अगाडि
लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

३ वर्ष अगाडि
ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

४ वर्ष अगाडि
लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

0

दाउरा टिप्न जाँदा कमला नदीमा फसेकी सिरहाकी तीनजना महिलाको उद्धार, यसरी फसेका थिए

0
बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

0
बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

0
लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

३ घण्टा अगाडि
बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

३ घण्टा अगाडि
लुम्बिनीमा संरक्षण प्रयोगशाला उद्घाटन

लुम्बिनीमा संरक्षण प्रयोगशाला उद्घाटन

४ घण्टा अगाडि
नटुवा समुदायका बालबालिकालाई शिक्षाको पहुंचमा पुर्याउन शैक्षिक सामाग्री

नटुवा समुदायका बालबालिकालाई शिक्षाको पहुंचमा पुर्याउन शैक्षिक सामाग्री

१९ घण्टा अगाडि

footer

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
लुम्बिनी समय अनलाइन डटकम
प्रधान कार्यालयः तौलिहवा, कपिलबस्तु
ईमेल: [email protected]
वेबसाइट : www.lumbinisamay.com
सूचना विभाग दर्ता नं. : ३७४१-२०७९/०८०
प्रेस काउन्सिल दर्ता नं. : ३९४५

हाम्रो टीम

सम्पादकः
समाचार प्रमुखः सुग्रीव बरई

संवाददाताः
९८५७०५१६४१, ९८०२६३२६२१

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube Instagram
  • Powered by : PROTECH

©  लुम्बिनीसमयमा  सर्वाधिकार सुरक्षित- 2021

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि