कपिलवस्तु ४ फागुन
नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु शाखाको तौलिहवा स्थित होटेल तिलौराकोटमा संपन्न ५१ औ अधिबेशनबाट केशव सिंह पुनः सभापतिमा निर्बिरोध निर्वाचित भएका छन । सिंहको नेतृत्वमा १७ सदस्यीय कार्य समिति निर्बिरोधरुपमा निर्वाचित भएको निर्वाचन मन्डलका संयोजक राधा नेपालीले जानकारी दिईन ।
समितिको उपाध्यक्षहरुमा भगवानदास चौधरी र साधिका यादव, मन्त्रीमा संतोष कुमार श्रीवास्तव, कोषाध्यक्षमा नरेन्द्र बहादुर चौधरी, उपमन्त्रीमा कमल प्रसाद आचार्य, उप कोषाध्यक्षमा तारिक महमुद रहेका छन ।
यस्तै कार्य समिति सदस्यहरुमा पबित्रा पाण्डेय न्यौपाने, धर्मराज घिमिरे, मीनराज बेल्बासे, रबिन्द्रनाथ ठाकुर, अम्बिका थापा, कमला मरासिनी, हर्षराज कुर्मी केशरी प्रसाद जैसवाल र कमला बेल्बासे रहेका छन । अध्यष्क्ष सिंहले रेडक्रसको संस्थागत विकास र सेवा भावनामा आफ् सदैव लागी पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
उद्घटन सत्रमा केशव सिंहको अध्यक्षता, मन्त्री सन्तोष श्रीवास्तवको सञ्चालनमा भएको हो । कार्यक्रममा प्रमुख अथिति नेपाल रेडक्रम सोसाइटिका प्रदेश अध्यक्ष लाल प्रसाद पंगेनी, प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, रावि ठाकुर लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
तपाईको प्रतिक्रिया !