कपिलवस्तु, चैत्र २९ गते।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ६ मोतिनगर निवासी , शिक्षा प्रेमी एवम् समाजसेवी श्री जगदम्बा प्रसाद चौधरी ज्युले आज परेकाे आफ्नो जन्मदिनकाे अवसरमा श्री जनचेतना सामुदायिक माध्यमिक विद्यालय शिवराज-८, लक्ष्मणपुरलाई आठ थान छत पन्खा प्रदान गर्नुभएको छ। उहाँले विद्यालयको समुन्नतिको कामना पनि गर्नुभएको छ। विद्यालय पछिल्लो समय देखि यो क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ,जस बाट प्रत्यक्ष रूपमा स्थानीयहरू लाभ लिने गरेका छन्।आउदो समयमा अझै राम्रो किसिमले शैक्षिक क्षेत्रमा विकासको फड्को मार्दै जाओस् सहित कामना गर्नुभएको छ। शिक्षक परिवार र कक्षा ११र१२का विद्यार्थीको उपस्थितिमा सो उपहार विद्यालय परिवारलाई प्रदान गर्नुभएका हुन। विद्यालय परिवारले चौधरी ज्युलाई दोसल्ला ओढाएर सम्मान सहित जन्मदिनको अवसरमा सु-स्वास्थ्य र दीर्घायुको कामना गरेको छ।
















