कपिलवस्तु, कात्तिक २ गते । भारतसंग सीमा जोडिएका सीमा नाकाहरुलाई ब्यवस्थित र मर्यादीत बनाउनु पर्नेमा जोड दिइएको छ । सशस्त्र प्रहरी बिन्ध्यवासिनी बाहिनीद्वारा कपिलवस्तुको चन्द्रौटामा आयोजित भारतीय सीमासंग जोडिएका ६ जिल्लाका स्थानीय तहका वडाध्यक्ष सहभागी प्रदेशस्तरिय अन्र्तक्रिया कार्यक्रममा सीमा क्षेत्रलाई ब्यवस्थित र सुरक्षित बनाउन जोड दिइएको हो ।
उनीहरुले सीमा क्षेत्रमा भयरहित आवागमन र जिविकोपार्जनलाई ब्यवस्थित गरेर निर्धक्क भएर बस्ने वातावरण बनाउनु पर्ने बताए । सशस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधिको सहकार्यले संभव भएकाले यसलाई अझ प्रभावकारी बनाउन जोड दिनु पर्ने आवश्यकता औल्याईएको थियो । वडाध्यक्ष सहभागी प्रदेशस्तरिय अन्र्तक्रियामा सीमा क्षेत्रलाई ब्यवस्थित र सुरक्षित बनाउन जनप्रतिनिधि र सशस्त्र बिचको सहयोग र सहकार्य अझ आवश्यक भएको कुरामा जोड दिईएको थियो ।
कार्यक्रममा सिद्धार्थ नगर नगरपालिका १ का वडाध्यक्षा उज्जव पोख्रेलले सीमा नाकालाई ब्यवस्थित बनाउनु पर्ने बताए । उनले जन प्रतिनधि र सशस्त्र प्रहरी बिच समन्वय गरी अघि बढनु पर्ने बताए । उनले सीमा क्षेत्रमा सशस्त्रको परिचालनले भारतीयबाट हुने दुब्र्यवहार रोकिएको, सीमा सुरक्षाको अनूभुति भएको र दशगजा अतिक्रमण रोकिएको कुरा जनप्रतिनिधिले बताए ।
बर्दियाको बढैया ताल गाउपालिका ८ का वडाध्यक्ष तेजनाथ पौडेलले जनप्रतिनिधिको सहयोगले सीमा क्षेत्रको बिओपी ब्यवस्थित भएको, सुरक्षा ब्यवस्था कायम गर्न सहज बनेको र चोरी तस्करी नियन्त्रण गर्न सहज भएको बताए । कार्यक्रममा बाहिनी डिआईजी अभिकुमार खत्रीले राम्रो ब्यवहार, अनुशासन र आचरण देखाएका जनअपेक्षा अनुसार काम गरेर सशस्त्रको गरिमा र ओज बढाउन निर्देशन दिए ।
जन प्रतिनिधि र सशस्त्र प्रहरी मिलेर सिमा नाका ब्यवस्थित बनाउनु पर्ने उनले बताए । कार्यक्रममा पश्चिम नवलपरासीदेखि बर्दियासम्म आठ जिल्लामा ५१ जना वडाध्यक्ष सहभागी थिए ।
सीमा क्षेत्रका समस्या, सीमापार अपराध नियन्त्रण र न्यूनिकरण तथा विपद् ब्यवस्थापनका विषयमा जनप्रतिनिधिसंग सुझाव सल्लाह लिएर अघि बढन अन्र्तक्रिया आयोजना गरिएको थियो । कार्यक्रममा ६ जिल्लाका सशस्त्र उपरिक्षक पनि सहभागी थिए ।