हिंसालाई नियन्त्रण गर्न कपिलबस्तुमा सडक नाटक गर्ने तयारी
रिता खनाल
कपिलबस्तु, मंसिर २२ गते । मुलुकको विभिन्न स्थानमा हिंसा र उत्पिडन धेरै थरिका हुने गरेको छ । यौन हिंसा, दाईजोको कारणले हुने हिंसा घरेलुु हिसां, महिला बलत्कृत हुनुपर्ने, बोक्सी भनेर पिटेर मानसिक यातना दिईने, सामाजिक र जातिय भेदभाव जस्ता जघन्य अपराधहरुलाई सडक नाटक मार्फत महिलाविरुद्धको हिंसालाई नियन्त्रण गर्नको लागि खुशी जीवन हेप्पी जीवन नेपाल संस्थाले विभिन्न जिल्लाहरुमा सडक नाटक कार्यक्रम गर्दै आइरहेको छ ।
संस्थाकका केन्द्रिय अध्यक्ष महेन्द्र विश्वकर्माका अनुसार बिशेष गरेर युवा वर्गलाई लक्षित गर्दै फरक ढंगबाट सडक नाटक गर्ने तयारी बनाएको बताउनुभयो । सडक नाटक मार्फत महिलाविरुद्धको हिसां र बालश्रम शोषणलाई न्युनिकरण गर्न सकिने र बदलिँदो समाजमा देखा परेका हिसांबाट पीडित महिला बालबालिकाका लागि सहयोग तथा रोजगारी मुलक कार्यक्रमहरु संन्चालन गरेमा समाजलाई परिवर्तन गर्न सकिने अध्यक्ष बिश्वकर्माको भनाई छ । उहाँले मन्त्रालय र अन्य निकायबाट पनि यस्ता कार्यक्रमको लागि सहयोग आवश्यक रहेको बताउनुभयो ।
यसपटक यस संस्थाले विशेष किसिमको विभिन्न कदमहरु चालेको छ । आगमी दिनहरुमा रुपन्देही लगायत दमक (झापा) पोखरा र कपिलवस्तु जिल्लामा सामाजिक सचेतना मुलक सडक नाटक तथा सहयोग कार्यक्रम आयोजना गर्ने भएको छ ।































