कपिलबस्तु । जिल्ला कै सबै भन्दा बिकट मानिएको बिजयनगर गाउपालिका– १ गूगौली गाउमा पशु स्वास्थ्य शिबिर संचालन गरिएको छ । बिकट गांउ मै कृषकहरुलाई घर दैलो मै सेवा दिन भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रले बिहीवार शिबिर संपन्न गरेको हो ।
घर घरमा भैसी सहीत पशु पालन गरिए पनि यो गांउमा पशु उपचार सेवाका पहुच भनै छैन । डाक्टर परबेज आलम, डाक्टर अखिलेश्वर पाण्डेय डाक्टर उर्मिला भट्टराई सहीतको बिज्ञ टोलीले पशुहरुको उपचार गरेका थिए । शिबिरमा जुका, नाम्ले, माटे लगायतका रोगहरुको उपचार गरिएको थियो ।
शिबिरमा १ सय ५५ घरधुरीका साढे ८ सय पशुहरुको उपचार गरिएको थियो । ३ सय भैसी, सय गाई र साढे ४ सय बाख्राहरुको उपचार गरी निःशुल्क औषधी समेत उपलब्ध गराइएको थियो । ‘घर घरमा पशु पालन गरिए पनि गुगेलीमा पशुको उपचारमा पहुच थिएन’ बिज्ञ केन्द्रका प्रमुख डाक्टर प्रबेजले भने ‘ कृषकहरुको सहजताका लागि हामीले गूगौलीमा शिबिर गरेका हौ’ । यो बिज्ञ केन्द्रको गूगौलीमा दोश्रो पशु शिबिर हो ।
यस अघि तत्कालीन पशु सेवा कार्यालयले २०७१ सालमा गूगौलीमा शिबिर गरेको थियो । शिबिरमा बाझोपन भएका पशुहरु समेत उपचार गरिएको थियो । बिकट गाउको घर दैलो मै सेवा पाउदा गूगौली गाउका कृषकहरु खुशी भएका थिए । उनीहरुले यस्तो शिबिर नियमितहरुमा संचालन गर्नु पर्ने माग गरे ।
प्रदेश सरकारले समेत बिजयनगर गाउ पालिकामा भैसीश्रोत केन्द्र संचालनका लागि बिशेष कार्यक्रम समेत संचालन गरेको छ । तर पशुहरुको प्रभावकारी रुपमा उपचार सेवा नहुदा कृषकहरु समस्यामा पर्ने गरेका छन ।