सशस्त्र प्रहरी बलको १७ औं स्थापना दिवस
तौलिहवा, पुस १७ गते । सशस्त्र प्रहरी बलले आफ्नो १७ औं स्थापना दिवस मनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २८ हेक्वा कपिलबस्तुले विशेष कार्यक्रम आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको हो ।
सो अवसरमा बोल्दै सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक अभि कुमार खत्रीले सशस्त्र प्रहरीले संगठनको निति नियमलाई परिपालन गरि प्राप्त जिम्मेवारीको कुशलत पुर्वक पालना गरी सदैव अग्रसर रहने बताउनुभयो । उहाँले सधैं आफ्नो दायित्व पूरा गर्न मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ ।
परिर्वतित सन्र्दभमा चुनौतिहरु पनि थपिदै जाने भन्दै सशस्त्र प्रहरी नायब महानिरिक्षक खत्रीले जस्तोसुकै अवस्थामा पनि विचलित नभई सुम्पिएको दायित्वमा खरो उत्रिनु पर्नेमा जोड दिनुभयो । उहाँले प्राप्त उपलब्धिको रक्षा गर्दै आगामी दिनमा संगठनलाई अझ प्रभावकारी तुल्याउनका लागि उत्साहका साथ कर्तव्यपथमा लाग्न सुरक्षा अधिकारीलाई निर्देशन दिनुभयो । समयमा आर्जन गरेको पेशागत सफलताले राज्यका सुरक्षा समयन्त्र विच एउता विशिष्ट परिचय स्थापित गरिसकेको उहाँको भनाई छ ।
कार्तव्य प्राण, इमानदार र राष्ट्रियता प्रतिको सेवाभावले प्रेरितभई राष्ट्रसेवकहरुले कार्यक्षेत्रमा प्रस्तुत हुनु पर्ने उहाँले बताउनुभयो । सशस्त्र प्रहरी नायब महानिरिक्षक खत्रीले उच्चकोटीको अनुशासन, व्यवसाहिक सिप र कौशलबाट नै संगठनको प्रतिष्ठा अभिबृद्धि हुने बताउनुभयो । स्थापना दिवसको अवसरमा रक्तदान, विद्यालयहरुमा वक्तृत्वकला तथा खेलकुद प्रतियोगिता लगायतको कार्यक्रमहरु गरिएको थियो ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













