देबीको नाममा छाडिएको बोका चोरेको आरोप २ जना युवा पक्राउ
कपिलवस्तुको कृष्णनगर नगरपालिका– १ सेमराबाट स्थानीय गाउहरुले देबीको नाममा छाडेको ४४ किलोको बोका चोरेको आरापमा २ युवाहरु पक्राउ परेका छन ।
गत असार १६ गते साढे ३ बजेतिर कृष्णनगर नगरपालिका वडा नम्बर १ झन्डेनगरका रोहित यादव र पिन्टु हेलाले चोरेर वडा नम्बर ५ पुरुषोत्तमपुर लगेर लुकाएका थिए । स्थानीय गाउलेहरुले बोका चाेरिएको बिषयमा जानकारी दिए पछि दुबैलाई प्रहरीले बोका सहीत पक्रेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले बताए ।
देउताको .नाममा छाडिएको बोका चोरेको आरोपमा पक्राउ परेको दुबै जनालाई चोरीका मुद्दाम अदालतबाट म्याद थपेर घटनाको अनुसंधान बाढइएको उनले बताए । ती चोरहरुले यस अघि ४ वटा खसी बोका चाेरी सकेको प्रहरी समक्ष बयान दिएका छन ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













