लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई संविधानको धारा १६८ ९२० बमोजिम सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
आचार्यले नेपाली कांग्रेसको समर्थनमा आजै ५६ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको समर्थन छ ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























