नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना, १० जना घाइते
नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर २९ घुमाउनेमा यात्रुबहाक बस दुर्घटनामा परेको छ।
काठमाडौ जाँदै गरेको सु प्र प्र ०२ ००१ ख १३३२ नम्बरको बस दुर्घटनामा परेको हो।
बस अनियन्त्रित भएर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए।
अहिले उद्धार भइरहेको छ। घाइते १०/१२ जनालाई उपचारका लागि भरतपुर पठाइएको उनले बताए। घटनाबारे थप बिबरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























