पहिरोमा परेर दुई जनाको गयो ज्यान, आठ जना बेपत्ता
प्रतीकात्मक तस्बिर
काठमाण्डौ – रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । आठ जना हराइरहेका छन् ।
गएराति १० बजेतिर झरेको ठूलो पहिरोले छ वटा घर बगाएको गाउँपालिकाका उपाध्यक्ष खमला थापामगरले उज्यालोलाई जानकारी दिनुभयो । चण्डिका थापामगर र एउटा बालकको शव भेटिएको छ । अरू आठ जना हराइरहेका उहाँले बताउनुभयो ।
पहिरोले पाँच वटा घर बगाएर अँधेरी खोलामा पुर्याएकाले घरहरु कहाँ पुगे भन्ने थाहा छैन । घरकै नामनिशान नभएकाले हराइरहेका मानिस खोज्न पनि समस्या भएको उपाध्यक्ष थापामगरको भनाइ छ ।
पहिरोपछिको बाढीले एउटा पक्की पुल पनि बगाएको छ । अहिले घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरी पुगेर खोजी शुरु गरेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























