मेयर थापा द्वारा सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेसको भवनको शिलान्यास
असोज १७ गते, चन्द्रौटा ।
कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ८ को देविपुर गाउँमा रहेको सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस बिसुनपुरको भवन शिलान्यास शिवराज नगरपालिका नगर प्रमुख (मेयर) अजय थापाले गर्नुभएको छ । भवन शिलान्यास कार्यक्रममा विजयनगर गाउपालिका अध्यक्ष गोपाल थापा , वडाध्यक्ष रिजवान अहमद ,पुर्ब वडाध्यक्ष शंकर अहिर, स्थानीय समाजसेवी अहमद अब्दुल राउफ लगायत बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























