संविधानपछि विकास र सामाजिक रूपान्तरणमा ठोस प्रगति भएको छ : अभिषेक प्रताप शाह
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अभिषेक प्रताप शाहले सामाजिक रूपान्तरणका नीति निर्माणसँगै विकासका काम पनि अघि बढाइएको बताउनुभएको छ।
संविधान निर्माण र संघीयता कार्यान्वयनपछि राज्यस्तरमै मात्र होइन, आफ्नाे निर्वाचन क्षेत्रमा समेत पुल–पुलेसाे, सडक, स्वास्थ्य चौकीलगायत आधारभूत सेवा प्रवाहमा सन्तोषजनक प्रगति भएको उहाँको भनाइ छ।
संविधानसभा निर्वाचनका बेला स्थानीय तह जनप्रतिनिधिविहीन अवस्थामा रहेको र त्यतिबेला संविधानसभा सदस्यले पाउने विकास बजेट अत्यन्तै सीमित भएकाले सबै क्षेत्र समेट्न कठिन भएको उहाँले स्मरण गर्नुभयो। “स्थानीय निर्वाचनपछि भने पचिस वर्षदेखि कर्मचारीको हातमा रहेको विकास योजना जनप्रतिनिधिहरूले चलायमान बनाए,” उहाँले भन्नुभयो।
नेता शाहका अनुसार संसदीय बजेटमा वृद्धि भएपछि विकास निर्माणका कामले थप गति लिएको हो। तर जनताको भावना र अपेक्षाअनुरूप विकास हुन नसक्नुको मुख्य कारण देशको दीर्घकालीन राजनीतिक अस्थिरता रहेको उहाँले उल्लेख गर्नुभयो। केन्द्रमा सरकार जुनसुकै दलको बने पनि एकल बहुमत नहुँदा एक सरकारले सुरु गरेको योजना अर्को सरकारले रोकिने प्रवृत्तिले विकास प्रभावित भएको उहाँको भनाइ छ।
“संसद सदस्यको हैसियतले मैले आफ्नो क्षेत्रमा पहल गरेर धेरै योजना सम्पन्न गराएँ,” नेता शाहले बताउनुभयो। उहाँले आफ्नाे कार्यकालमा सकेसम्म सम्भव विकास योजनाहरू अघि बढाएको दाबी गर्नुभयो।
संविधान निर्माणपछि जम्मा एक कार्यकाल प्रतिनिधि सभा सदस्यका रूपमा काम गरेको उल्लेख गर्दै उहाँले कोरोना संक्रमणकालमा देशभर बजेट अभाव भए पनि आफ्नाे क्षेत्र र समुदायस्तरमा विकासका केही महत्वपूर्ण प्रयास गरिएको जानकारी दिनुभयो।
नेता शाहका अनुसार उनले निम्न बिकासका याेजना सम्पन्न गराएका छन –
- कृष्णनगर-चन्द्राैटा फाेर लेन भारतीय दुतावाससंगकाे पहलमा २० किमी सडक निर्माण भएकाे छ ।
- बहादुरगंज- ताैलिहवाकाे बाणगंगा पुल अभिषेक प्रताप शाह र बृजेश कुमार गुप्ताकाे संयुक्त पहलमा डबल लेन भएकाे हाे ।
- बहादुरगंज- ताैलिहवासम्मकाे हुलाकीका लागि पटक पटक भारत सरकारलाई ध्यानाकर्षण गराई निर्माण सम्पन्न गराएका छन ।
- RTO सडक कृष्णनगरदेखि गणेशपुरसम्म निर्माण गरेका छन ।
- कृष्णनगरकाे ठकुरापुर जाने पुल अभिषेक प्रताप शाहकाे पहलमा निर्माण भएकाे हाे ।
- कृष्णनगरदेखि झुलनिया चाैराहासम्म कालाेपत्रे सडकका लागि २८ कराेड बजेट विनियोजन गराएका हुन ।
- २.८ कराेडकाे लागतमा पत्थरदेइया स्वास्थ चाैकी भारतीय दुतावासबाट दिलाएका हुन ।
- चरंगहवा नदीमा पक्की पुल निर्माणका लागि बजेट बिनियाेजन गराई सम्पन्न गराएका हुन ।
- शिवराज अस्पताल बहादुरगंजमा अप्रेसन थेटर भवन , पटक पटककाे एम्बुलेन्स हस्तान्तरण अभिषेक प्रताप शाहकाे पहलमा भएकाे हाे ।
- छन्द कालेबाबु आँखा अस्पतालमा भवन निर्माणका लागि ५० लाख विनियोजन गरेर निर्माण सम्पन्न गराएका छन ।
- सरुवाराेग अस्पताल चन्द्राैटाका लागि भेन्टिलेटर सहितकाे एम्बुलेन्स अभिषेक प्रताप शाहले हस्तान्तरण गरेका हुन ।
- ताैलिहवापछि दाेस्राे दमकल कृष्णनगर नगरपालिकामा अभिषेक प्रताप शाहले हस्तान्तरण गरेका हुन ।
- भारतीय दुतावासकाे सहयाेगमा शिवपुर , लक्ष्मणपुर र गुगाैलीकाे विद्यालयमा स्कुल बस हस्तान्तरण गरेका छन ।
- दर्जनौं गाउंमा सिचाईका लागि डिप ट्युबवेल अभिषेक प्रताप शाहकाे बजेटमा जडान भएका छन ।
- काेराेनाका बेला बन्द भएकाे कृष्णनगर भन्सारकाे मुख्य नाका र यात्रु नाकासमेत खुलाएका हुन ।
- काेराेनाका बेला केही व्यापारीसंग समन्वयमा भन्सार नजिकै
हाेल्डिङ्ग सेन्टर निर्माण गर्न आफ्नाे जग्गासमेत हस्तान्तरण गरेका छन । - महेन्द्र पार्ककाे जीर्णाेधार विभिन्न निकायसंग पहल गरि अहिले निर्माणाधीन अवस्थामा छ ।
- आफ्नाे क्षेत्रका सैयाैं बच्चालाई भारतीय दुतावाससंगकाे समन्वयमा छात्रवृत्ति दिलाएका छन ।
- बहादुरगंज , सैयाैं दलित र उपेक्षित परिवारका लागि गरिब आवास निर्माण गराएका छन ।
यी विशेष याेजना थिए तर २०७९ काे निर्वाचनमा हारपछि ३ बर्ष निरन्तर जनताकाे बीच रही सुख दुख बुझेकाे बताउनुभयाे । ठुला याेजना तथा विभित्र सा-साना याेजनाहरु पनि छन । विभित्र निकायमा पहलपनि गर्दै आएकाे शाहकाे भनाई छ।































