सुकई कोहार
लुम्बिनी । रुपन्देहीको लुम्बिनी क्षेत्र नं. ५ अन्तर्गत नेपाली कांग्रेसको प्रचारप्रसार समिति कार्यालयको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

वडा नं. १ का वडा सदस्य विनय श्रीवास्तवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व सांसद ज्योतेन्द्र मोहन चौधरी (मुन्नु बाबू) प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने जहरुद्दीन मुसलमान अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव आशोक कुमार गोस्वामीले गर्नुभएको थियो।

कार्यक्रममा वक्ताहरूले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, घरदैलो अभियान तथा मतदातासँग प्रत्यक्ष सम्पर्क विस्तारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

वडा नं. १, ३ र ४ का मतदातासँग सम्पर्क सहज बनाउने उद्देश्यले लुम्बिनी सांस्कृतिक नगरपालिका–१ खुनगाई चौराहामा उक्त प्रचारप्रसार समिति कार्यालय स्थापना गरिएको जनाइएको छ।

उद्घाटन कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।