जनमत पार्टी कपिलवस्तुद्वारा जिल्ला समन्वय समिति गठन
कपिलवस्तु, चैत १८ गते । जनमत पार्टीको केन्द्रीय निर्देशन अनुसार कपिलवस्तु जिल्ला तदर्थ समितिको बैठक सम्पन्न भई जिल्ला समन्वय समिति गठन गरिएको छ। केन्द्रीय उपाध्यक्ष तथा पूर्व मन्त्री दानबहादुर चौधरीको अध्यक्षता तथा राष्ट्रिय उपाध्यक्ष इन्जिनियर नरेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले नयाँ समिति गठन गरेको हो।
गठित जिल्ला समन्वय समितिको अध्यक्षमा विनोद चौधरी, उपाध्यक्षमा राधेश्याम चौरसिया, महिला उपाध्यक्षमा सुशीला यादव, सचिवमा नाथुराम गौड, सहसचिवमा बृजमोहन यादव, महिला सहसचिवमा लक्ष्मी चौधरी र कोषाध्यक्षमा पुनवासी यादव चयन भएका छन्।
कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष तथा पूर्व मन्त्री दानबहादुर चौधरीले पार्टी संगठनलाई गाउँ–गाउँसम्म विस्तार गरी जनताको अधिकार र पहिचानका मुद्दालाई स्थापित गर्न नवगठित समितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै राष्ट्रिय उपाध्यक्ष इन्जिनियर नरेन्द्र प्रसाद चौधरीले जनमत पार्टी जनताको अधिकार, पहिचान र समृद्धिका लागि स्थापित भएको पार्टी भएकाले संगठन विस्तार र जनतामाझ पुग्ने कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
लुम्बिनी प्रदेश उपाध्यक्ष धीरज कुमार चौधरीले नवगठित समितिलाई बधाई दिँदै संगठन सुदृढीकरण, पार्टीको नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्याउने जिम्मेवारी अब नयाँ नेतृत्वको काँधमा आएको बताउनुभयो।
नवनिर्वाचित जिल्ला अध्यक्ष विनोद चौधरीले पार्टीले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्दै संगठन विस्तार, जनसम्पर्क वृद्धि र पार्टीलाई जिल्लामा सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बैठकले नवनियुक्त सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।































