कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ, कारागार पठाउने तयारी
तौलिहवा(कपिलबस्तु), चैत ३० गते । कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बुद्धभूमि नगरपालिका–६ लक्ष्मीपुर मुडफुटवा बस्ने २९ वर्षीया गुडिया भन्ने लक्ष्मी कोरीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई कपिलवस्तु जिल्ला अदालतको २०८० जेठ १ गतेको फैसला अनुसार ५ वर्ष कैद सजाय तोकिएको थियो ।
प्रहरी नायब उपरीक्षक सिंहका अनुसार फरार प्रतिवादीहरूको खोजी कार्यलाई तीव्र बनाइएको छ । “अदालतबाट सजाय तोकिएपछि फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने अभियान निरन्तर जारी रहनेछ” उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























