डिभाइडरमा मोटरसाइकल ठोक्किँदा भारतीय नागरिकको मृत्यु
हुलकी सडक अन्तर्गत तौलिहवाबाट बहादुरगंज गइरहेको भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटनमा एक जना भारतीय नागरिकको मृत्यु भएको छ।
युपी ५५ एवाई ०८३९ नम्बरको मोटरसाइकल महाराजगंज नगरपालिका–६ भलवारी चोक नजिकै डिभाइडरमा ठोक्किँदा भारतको उत्तरप्रदेश सिद्धार्थनगर ढबेरुवा थाना कमरियाग्रामका ३१ वर्षीय संजय मौर्यको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका मौर्यको उपचारका क्रममा बुधबार दिउँसो कपिलवस्तु अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























