कपिलबस्तु, बैशाख ४ गते । कपिलबस्तुको सदरमुकाम तौलिहवामा नवौं प्राचीन कपिलवस्तु महोत्सव सुरु भएको छ । कपिलवस्तु जिल्लाको सम्रग विकासको आधार धार्मीक स्थलहरुको प्रर्वद्धन, पर्यटन, कृषि उद्योग र व्यापार” भन्ने मुल नाराका नवौंं प्राचिन कपिलबस्तु महोत्सव हुन लागेको हो ।
स्थानीय कला, संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको प्रोत्साहन गर्ने उद्देश्य सहित तौलिहवा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको छ । संघको आयोजनामा बैशाख ४ देखि १५ गते सम्म तौहिलवाको वुद्धपद्यम माविको खेल मैदानमा महोत्सव शुरु भएको छ ।
महोत्सवको उद्घाटन आज साझ ८ बजे प्रतिनिधि सभा सदस्य विक्रम सिंह थापाद्वारा हुने भएको छ ।