तौलिहवामा बजाजको एक्सचेन्ज मेला, ग्राहकलाई विशेष छुट र अफर
कपिलवस्तुको तौलिहवामा बजाज मोटरसाइकलको ‘ग्राण्ड एक्सचेन्ज मेला’ सञ्चालनमा आएको छ। नेपालको अग्रणी दुई पाङ्ग्रे सवारीसाधन निर्माता बजाज आटोका आधिकारिक विक्रेता केदारनाथ आटोमोबाइल्सले वैशाख ८ गतेदेखि १३ गतेसम्म मेला आयोजना गरेको हो।
मेलामा ग्राहकलाई लक्षित गर्दै विभिन्न आकर्षक अफरहरू प्रस्तुत गरिएको छ। पुरानो मोटरसाइकल साटेर नयाँ बजाज बाइक खरिद गर्दा थप मूल्याङ्कन, नगद उपहार, क्यास छुट, निःशुल्क हेल्मेट तथा अन द स्पट फाइनान्स सुविधा उपलब्ध गराइएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार यस्तो कार्यक्रममार्फत ग्राहकलाई सहज रूपमा सवारी साधन अपग्रेड गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ।
केदारनाथ आटोमोबाइल्सका सञ्चालक विनोद पाठकले ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै मेला आयोजना गरिएको बताए। “पुरानो बाइकको उचित मूल्याङ्कन गरी नयाँ बाइक खरिदलाई सहज बनाउनु हाम्रो लक्ष्य हो,” उनले भने। यस्ता अफरले स्थानीय ग्राहकलाई ठूलो राहत मिल्ने विश्वास पनि उनले व्यक्त गरे।
उनका अनुसार यस्ता अभियानहरूले बजाज मोटरसाइकलप्रति विश्वास बढाउनुका साथै स्थानीय बजारमा आधुनिक र सुरक्षित सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्नेछ।































