कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै
कपिलबस्तुको सदरमुकाम तौलिहवामा जारी १०औ प्राचीन कपिलबस्तु महोत्सव मेलामा भोली मंगलबार प्रिति पासवानको प्रस्तुति रहने छ ।
साथै विभिन्न डान्स ग्रुपहरूले विशेष सांगीतिक तथा नृत्य प्रस्तुति दिने भएका छन्।
स्थानीय कला, संस्कृति र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा दैनिक रूपमा सांस्कृतिक कार्यक्रमहरू भइरहेको छ।
महोत्सवको आयोजना तौलिहवा उद्योग वाणिज्य संघले गरेको हो। संघका अध्यक्ष गयादिन कुर्मीले महोत्सवले तौलिहवाको सांस्कृतिक तथा आर्थिक गतिविधिमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।महोत्सव १५ गते सम्म संचालन हुने छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













